Rule 10
विवाद उपस्थित भएका जग्गाको लगत खडा गर्ने तरीका
कुनै विर्ता जग्गाको सम्बन्धमा “क” वा “ख” श्रेणीको हो भन्ने विवाद उपस्थित भएमा हाकिमले त्यस्तो जग्गाको लगतमा कैफियत तर्फ यस व्यक्तिको झगडा परेको भन्ने जनाई अरू कुराको लगत अरू जग्गाको सरह तयार पार्नुपर्छ । झगडाको अन्तिम निर्णय भएको सूचना आएपछि फैसला बमोजिमको कुरा पुन कैफियत खातामा जनाई दिनुपर्छ ।